१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेकपा बहुमतको भक्तपुर सचीवद्वारा बिद्रोह




२ साउन ०७९,काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीको बिभाजन पछि धर्मेन्द्र बास्तोलाको नेतृत्वमा गठित नेकपा (बहुमत) बाट पनि बिद्रोह गर्नेक्रम जारी छ ।
हालै अखिल(क्रान्तिकारी) भक्तपुर जिल्ला सचिब तथा आर आर क्याम्पस पुर्ब उपाध्यक्ष समेत रहेका नवीन बोहोराले बिद्रोह गरेका हुन।्
बिद्रोह गरेका युवाले बहुमतका नेताहरूले पनि क्रान्ती गर्न नसक्ने भन्दै उनिहरु मा रिस र कुण्ठा बाहेक केही नभएको बताए । उनले भने,‘गाली गोलोज रिस र कुण्ठा ले क्रान्ति हुँदैन ।’

गत शुक्रबार जारी गरिएको विज्ञप्तिमा आफ्नो भविश्यको फैसला आफै गर्नुपर्ने भन्दै अब सम्पुर्ण युवा विद्यार्थीहरूलाई यो आन्दोलनमा जोडिन आह्वान समेत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको बिभाजनपछी हालै सफल बाबुको नेतृत्वमा युवाहरूले कुनै पार्टीमा नलाग्ने भन्दै क्रान्तिकारी युवा आन्दोलनको घोषणा गरेका थिए । यस अघि संयोजक सफल बाबुले एक वक्तव्य जारी गर्दै सम्पुर्ण युवाहरूलाई आन्दोलनमा आबद्ध हुन अपिल समेत गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २५ बजे