२ साउन ०७९, काठमाडौं । काठमाडौंको साँखुमा मानव कंकाल भेटिएको छ । शंखरापुर नगरपालिका–३ साँखुस्थित खहरे खोला नजिकै मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ । फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
२ श्रावण २०७९, सोमबार
0
Shares
प्रतिक्रिया