१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपनमा करेन्ट लागेर बृद्धको मृत्यु




४ साउन ०७९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन सिमलटार बस्ने ५० वर्षीय दोर्जी शेर्पाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
प्रहरीका अनुसार घर नजिकै घाँस काट्ने क्रममा काटिएको बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि चाबहिलस्थित ओम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ०५ बजे