४ साउन ०७९,काठमाडौं । संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । उम्मेदवारी दिने घोषणासँगै चन्द काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन् । विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास रहेको, अबसरको खोजिमा रहेको,रोजगारीको अवसरका लागि भौतारिरहेको अवस्थामा सचेत युवाले राजनीति बिकृति र विसंगति बिरुद्ध बुलन्द आवाज उठाउदैें संघीय सांसदमा चुनाब लड्नु पर्ने बाध्यता रहेको चन्द बताउछन।
चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढोका खोल्ने बताए।
‘नेपालमा कार्यपालिका देखि न्यायपालिकासम्म बिश्वास गुमाउदै गएको अबस्थामा समाजमा बढ्दो विकृति विसंगति, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन’ उनले भने ।
उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि रहेको चन्द बताउछन् ।
लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बिकृति र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन।
४ श्रावण २०७९, बुधबार
0
Shares
प्रतिक्रिया