५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रोकियो जोरपाटीको मिथेन ग्याँससहितको फोहोरा



४ साउन ०७९, काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा बुधबार बिहानदेखि रोकिएको छ ।

नगरपालिकाका मेयर दीपक रिसालले बुधबार बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको जानकारी दिए । त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्न वडा अध्यक्षलाई भनिएको उनले जानकारी दिए ।

लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो । उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए ।

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको मेयर रिसालले बताए । आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : १२ बजे