५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बसुन्डोल पुमरी इम्पेक्स प्रालिको ब्लक उद्योगभित्र श्रमिक मृत फेला



४ साउन ०७९, काठमाडौं । काठमाडौंमा ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र मंगलबार सोलुखुम्बुको चौरीखर्कका ४५ वर्षीय बिजित शेर्पा भेटिएका हुन्।
उनी सोही कारखानामा काम गर्थे।

हाल उनी काठमाडौं महानगरपालिका १५ भगवान पाउमा बस्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। घटनबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।