१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बल्खु दक्षिणकाली सडक मर्मत गर्न सासद केसी गरे सरकारसँग माग



४ साउन ०७९, काठमाडौं । सांसद राजेन्द्र कुमार केसीले बल्खु दक्षिणकाली सडकखण्ड मर्मतसम्हार गर्न सरकारको संसद बैठकमार्फत माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘बल्खुदेखि दक्षिणकाली जाने सडकमा हजारौं सवारीसाधन चल्छन् । सडक जिर्ण छ, युवाहरुले मर्मतसम्हारको माग राख्दै सडक अवरुद्ध गरेका छन् । जनताको समस्या यथावत रहने हो भने हामीले यहाँ बोल्नुको कुनै अर्थ छैन,’ सांसद केसीले भने, ‘सडकको अवस्था अत्यन्त दयनीय छ, तत्काल मर्मत सम्हार गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
स्थानीय युवाहरुले आज सडक पाँच घण्टा अवरुद्ध गरेको उनले बताए ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : १८ बजे