५ साउन ०७९, ललितपुर । ललितपुरको नगर प्रहरीको ‘क्विक रेसपोन्स टिम’ले विद्युतीय स्कुटरमा गस्ती थालेको छ । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गरेर गस्तीको शुभारम्भ गरे । अहिलेसम्म नगर प्रहरीले साइकलमा गस्ती गर्दै आएको छ ।
महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेको हो ।नगरप्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार प्रहरीले जस्तै नगरप्रहरीले पनि ‘क्युक रेसपोन्स टिम’का रुपमा लगातार सेवा दिनेछ ।
हाछेथुका अनुसार फोहोर व्यवस्थापन गर्न, फुटपाथ खुला राख्न र जथाभावी हुने पार्किङ व्यवस्थापन गर्न र चक्रपथ बाहरि पनि नगर प्रहरीको सेवा दिन स्कुटरको गस्ती प्रभावकारी हुनेछ ।
उनका अनुसार अब चक्रपथ बाहिर पनि नगरप्रहरीले थप विश्वसनीय सेवा दिन सक्नेछ ।
प्रतिक्रिया