१३ कार्तिक २०८१, मंगलबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सल्लाघारी दुर्घटनाका मृतक तीनै जनाको पहिचान खुल्यो




९ साउन ०७९, भक्तपुर । नगरपालिका १ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ ।
दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका २ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका २ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका ४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर १० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडाँै १०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गापा–७ घर भई हाल सूर्यविनायक नपा ८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नगर ७ का १८ वर्षीय सिम्रन लागेजु छन् । उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।
त्यसैगरी उदयपुरको लिचुङ्गु गाउपालिका १ भई हाल काठमाडाँैको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गाउपालिका ७ घर भई हाल काठमाडाँैको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गाउपालिका ३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक गाउपालिका ३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नगर २ घर भई हाल काठमाडाँैको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर ८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवालसमेत घाइते भएका छन् । उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायत टोलीले अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
यस्तै प्रतिनिधिसभामा भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने सांसद प्रेस सुवालले आज संसद्मा बोल्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ५८ बजे