ललितपुर खबर
१० साउन ०७९,ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकामा करारका कर्मचारीहरु हटाएको भन्दै विरोधको आवाज घन्कन थालेको छ ।
दक्षिण ललितपुरस्थित वागमती गाँउपालिका करारका कर्मचारीहरुले आफूहरुलाई पुर्नवहालीको माग गर्दै निवेदन दिएका छन् ।
वागमती करार कर्मचारी हकहित संरक्षण समितीकी अध्यक्ष विमला सञ्जेलले आफूसहित ११ जना कर्मचारीहरुलाई पुर्नवहाली गर्न माग गर्दै आफूले गाँउपालिकामा निवेदन पेश गरेको बताइन् ।
समितीका अध्यक्ष सञ्जेलले गाँउपालिकाले हरेक वडामा दक्ष स्वास्थ्यकर्मीसहित स्वास्थ्य सेवा दिने भनेर बजेटमार्फत कार्यक्रम सार्वजनिक गरेपनि व्यावहारमा उल्टो काम गरेको बताइन् ।
उनले भनिन्, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बर्षैदेखि तालिम लिएर दक्षता हासिल गरेका कर्मचारी हटाउदा दुर्गम वागमतीका स्थानीय जनता उपचारविना नै मर्नु पर्ने अवस्था आयो ।’
उनका अनुसार दक्षिण ललितपुरका जनता राम्रो स्वास्थ्य सेवा लिन एक दिनको समय लगाएर टिकाभैरव वा पाटन अस्पताल धाउनु पर्ने बाध्यता छ । वागमतीको प्युटार र भट्टेडाँडामा अस्पताल भए पनि राम्रो र भरपर्दो स्वास्थ्य सेवा पाउन मुस्किल छ ।
संघको सशर्तसहित आएको बजेट सञ्जेल वागमती ६ आश्राङस्थित आश्राङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरमा बर्थिङ अनमीको रुपमा कार्यरत थिइन् । उनले भनिन्, ‘मलाई गाँउपालिकाको बजेटबाट कर्मचारी राखिएको पनि होइन । सरकारले १३ वर्षदेखि तालिम दिएर मेरो क्षमता बढाउन लगानी गरेको छ । अव आउने कर्मचारीलाई मेरो क्षमता बराबर बनाउन उत्तिकै समय लाग्छ ।’
गाँउपालिकाले अन्य करारका चारजना कर्मचारी हटाएपछि दक्षिण ललितपुरको दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रमा गम्भिर असर गर्ने कर्मचारीहरुको भनाई छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गाँउपालिकाका अध्यक्षले मनलाग्दी निर्णय गर्दा यसको मार त्यहीका जनतालाई पर्ने भन्दै स्थानीय जनता समेत रुष्ट छन् ।
१० श्रावण २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया