१० साउन ०७९, ललितपुर । सुदुर ललितपुरको महाँकाल गाँउपालिकामा करारका कर्मचारी हटाएको विरोधमा फेरि गाँउपालिका अध्यक्ष गणेश केसीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा एमाले महाँकाल गाँउ कमिटीले कर्मचारीहरुको पुर्नवहालीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । गाँउकमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाई र श्याम बजगाई ज्ञापनपत्र लिएर गाँउपालिकाको कार्यालयमा पुगेका थिए ।
यसअघि पुर्नवहालीको माग गर्दै करार कर्मचारीहरुले गाँउपालिका अध्यक्ष केसीलाई नै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझेपछि पालिका अध्यक्षसामु अध्यक्ष हुमागाईले ऐन नियमको प्रति समेत गाँउपालिकाका अध्यक्ष केसीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै अध्यक्ष केसीले आफूले गरेको निर्णयबाट पछि नहट्ने जवाफ फर्काएका थिए ।
ज्ञापन पत्र बुझाएपछि कमिटी अध्यक्ष हुमागाईले भने, ‘कार्यसम्पादन मुल्यांकनमा फेल भए मात्रै करारका कर्मचारी हटाउने पद्दती छ । तर गाँउपालिकाका अध्यक्षले विधि र पद्दती केही पुरा गरेका छैनन् । कर्मचारी पुर्नवहाली नभए हामी सशक्त आन्दोलन गर्छौं ।’
कमिटी अध्यक्ष हुमागाईले एक दुई दिनभित्र बैठक बसेर संर्घषका कार्यक्रम सार्वजनिक गर्ने बताए ।
पछिल्लो समय देशभरका पालिकामा स्थानीय सरकार परिवर्तन भएलगत्तै करारका कर्मचारी हटाइएको छ । करारका कर्मचारी हटाएपछि आन्दोलनको कार्यक्रमहरु हुँदै आएका छन् भने धेरै ठाँउमा पुर्नवहालीका अदातलमा लागि मुद्दा परेको छ ।
प्रतिक्रिया