५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको महत बस्ती जमिन धाँजा फाट्दा पहिरोको जोखिममा




१० साउन ०७९,काभ्रे । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका १ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिएका छन् । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ”, उनले भने, “त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन् ।” बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको भवन छेउ भासिएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ३२ बजे