१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमण, कहाँ कति ?



१० साउन ०७९, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको रेसियो पुनः बढ्न थालेको छ । मंगलबार कोरोना संक्रमितको संख्या पाँच महिना यताकै उच्च रहेको छ । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई जना कोभिड १९ संक्रमितले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा भएको कुल पाँच हजार ५५ नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये दुई हजार २१५ जना पीसीआर परीक्षण गरिएकोमा ४०० जना र दुई हजार ८४० एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि फागुन ४ गते, मंगलबारकै हारहारीमा संक्रमित थपिएका थिए । सो दिन ६३९ जनामा संक्रमण देखिएको थियो । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका १६५ जना, ललितपुरका ६२ जना र भक्तपुरका ६ जना छन् । सोहि अवधिमा कोरोनन संक्रमणमुक्त हुने २१८ जना छन् । हाल देशभरमा तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : २६ बजे