१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेल नागपोखरीमा आज राति पित्तलको नागको मूर्ति लगेर राखिदै




१६ साउन ०७९, ललितपुर । ललितपुर महानगरपालिका २४ स्थित धापाखेल नागपोखरीमा पित्तलको नागको मूर्ति लगेर राखिने भएको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन मङ्गलबार मनाइने नागपञ्चमी पर्वमा नागपूजा गर्नका लागि आज राति सो मूर्ति लगिने भएको हो ।


बेलुका ७ बजेपछि सो मूर्तिलाई धूप बालेर बाजागाजासहित बोकेर यहाँको नागपोखरीमा राखिने धापाखेल नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले बताए । उनले भने, “यो मूर्ति हराउने डरका कारण अन्य दिन भने पुजारीको घरमा राख्ने गर्छौं तर मात्र नागपञ्चमीको अघिल्लो दिन पोखरीमा ल्याइन्छ ।” सो मूर्ति पोखरीमा राखेसँगै नागपञ्चमी मेलाको उत्साह धापाखेलमा बढ्ने मोक्तानले जानकारी दिए ।
सो मूर्ति पोखरीमा ल्याएसँगै आज रातभर पुजारीका साथै सुरक्षाकर्मीले नागपोखरीमा सुरक्षासमेत दिने गरेका मोक्तानको भनाइ छ । “योसँगै नागपोखरीमा निर्मित वासुकी नागको कालो मूर्तिको समेत मङ्गलबार सम्मानका साथ पूजा गर्छौं”, उनले भने ।

नागपोखरी परिसरमा मेला आयोजना गर्न आज सरसफाइ गर्ने तथा ध्वजापताका लगाउने र मन्दिर सिँगार्ने एवं सडकमा ग्राभेल हाल्ने आदि काम भइरहेको देखिन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।