७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीमा सडक अविरल वर्षाका कारण अवरुद्ध



फाइल तस्विर

१७ साउन ०७९, मेलाम्ची । अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिएका छन् ।
पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ । पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।