१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कान्ति लोकपथमा पहिरो, सडक अवरुद्ध




ललितपुर खबर
१८ साउन ०७९, ललितपुर । कान्ति लोकपथको भट्टेडाँडा टाकुर्चे सडकमा पहिलो जाँदा सडक अवरुद्ध भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार धेरै ठूलो पहिरो गएकोले अझै केही दिन सडक अवरुद्ध हुन सक्ने बताए । उनका अनुसार काठमाडौं हेटौडा चल्ने सवारी साधन अहिले छपेलीमा रोकिएका छन् ।
कान्तिलोकपथ अवरुद्ध भएपछि दक्षिण ललितपुरको माल्टा, भट्टेडाँडा, प्युटार आश्राङ,गिम्दी, ठुलादुलुङसँगै उत्तरी मकवानपुरका बासिन्दा राजधानी आउने जाने बाटो बन्द भएको छ ।
सडक बन्द भएसँगै यहाँका किसानको दुध तरकारीलगायत खाद्य पदार्थ राजधानी ल्याउन समस्या भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।