७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपति क्षेत्र सफा राख्न मन्त्री श्रेष्ठको निर्देशन



ललितपुर खबर २१ साउन ०७९, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको  सरसफाइमा ध्यान दिन र  भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए ।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उनले जानकारी लिए । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले  सुरक्षा, संरक्षण रसरसफाइमा ध्यान दिनुपर्ने बताए ।    घाट व्यवस्थापन, पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न उनले निर्देशन दिए ।  सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको र त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । उनले कोषका अन्य गतिविधिका बारेमा पनि मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।