१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी खोला सरसफाई अभियानको एक सय ८०औं हप्तामा




२१ साउन ०७९, ललितपुर । गोदावरी खोला सरसफाई अभियानले गोदावरीको नहर क्षेत्रको खोला सफा गरी एक सय ८०आँै हप्ता सम्पन्न गरेको छ ।
पर्यटकीय नगरी गोदावरीको वातावरण स्वच्छ तथा हराभरा बनाउन आज उक्त कार्यक्रम मार्फत अभियानले नहर क्षेत्र सफा गरेको हो ।
हामीले गोदावरीको वडा नं २ विशङ्खु र नं ३ साविकको गोदावरी जोड्ने नहरस्थितको खोला सफा गरी एक सय ८०आँै हप्ता सम्पन्न गरेको अभियानका संयोजक बेबी राजभण्डारीले बताइन् । उनले भनिन्, “सफाईको क्रममा हामीले खोलमा फालिएका थुप्रै पुराना कपडा तथा बोतल एवं प्लाष्टिकका झोलाका साथै च्यातिएका बोहोरा र घाँसपात आदि सङ्कलन गरी उपयुक्त स्थानमा राखेर नहर क्षेत्रलाई सफा बनायौँ ।” सो अभियाले खोलाका साथै गोदावरी नगरपालिका वडा नं १४ ठैब क्षेत्र पनि सफा गरी वडामा आउन सक्ने विभिन्न रोगबारे सचेत तुल्याएको राजभण्डारीले बताइन् ।
यसैगरी अभियानले आज गोदावरीका केही स्थानमा सचेतनामुलक बोर्ड राख्ने र पुरानालाई मर्मत समेत गर्ने काम गरिरहेको अर्की अभियान्ता नारायणी पाण्डेले बताइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।