६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नर्भिक अस्पतालको अटेरी, भन्यो, ‘तत्काल भवन भत्काउन सक्दैनौं’



२४  साउन ०७९, काठमाडौं । थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अहिले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ।
मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे।

तत्कालिन सरकारको तर्फबाट भूमि सुधार अधिकारीले हस्ताक्षर गरेको उनले दाबी गरेका छन्। आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै उनले तत्काल भत्काउन नसक्ने बताएका छन्।

सो बारे काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई लिखित रुपमा पत्र नै पठाएको उनले बताए। आफ्नो अस्पताल गैरकानुनी नभएको उनले दाबी गरे। काठमाडौं महानगरपालिकाले सोमबार नर्भिक अस्पतालको भवन २४ घन्टाभित्र हटाउन निर्देशन दिएको थियो।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ३४ बजे