१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं काँडाघारीमा प्रहरी कार्यालय र घर डुबानमा



२५ साउन ०७९, काठमाडौं । वर्षाका कारण काठमाडौंको काँडाघारी क्षेत्र डुबानमा परेको छ। वर्षाको पानीले त्यहाँ प्रहरी प्रभाव डुबानमा पर्नाका साथै सुकुमवासी टोलका २ घर बगाएको छ।
प्रहरी प्रभाग काँडाघारीका अनुसार मंगलबार रातिको वर्षाले प्रहरी प्रभागको एक तला पूरै डुबेको छ भने मेसको आधा भाग भेलले बगाएको छ। मेसभित्र रहेका ग्यास, खाद्यान्न, भाँडाकुँडा र फर्निचर सामान पनि भेलले बगाएको प्रहरीले जानकारी दिएको छ।

कार्यालय पछाडि राखिएका ३ वटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ। वर्षाका कारण बिजुलीको लाइन पनि काटिएकाले नेट तथा फोन सेट पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रहरी प्रभाग काँडाघारीका अनुसार खहरेमाथि राडारबाट २ पुरुषको उद्धार गरिएको छ। हरहर महादेव नजिकैको गाईगोठमा ७ जना मानिस अलपत्र परेकाले उद्धार जारी छ।

प्रहरीका अनुुसार त्यस क्षेत्रमा फसेका ३ वटा साना र ४ वटा ठूलो गाडी पनि निकालिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २७ सदस्यीय टोली उद्धारमा खटिएको छ। अहिलेसम्म १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।