१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बाजाजुमा भिषण आगलागी



प्रतिकात्मक तस्बिर

२५ साउन ०७९, काठमाडौं । अ

काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका १६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएका छन्। अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।
यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण र आगलागीको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।