४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरद्वारा गत आवमा ७ अर्ब मात्रै खर्च



२५ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरले गत आर्थिक वर्ष ४४ प्रतिशत मात्रै खर्च गरेको छ। काठमाडौं महानगले करिब १९ अर्बको बजेट ल्याएकोमा साढे १६ अर्बमा झार्दा पनि ४४.२४ प्रतिशत मात्रै खर्च गरेको हो।
महानगरले आव २०७८/०७९ मा संशोधित बजेट १६ अर्ब ५२ करोड बजेट रहेकोमा ७ अर्ब ३१ करोड खर्च गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा चलिरहेको वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको छ ।

बैठकमा महानगरका प्रमुख बालेन्द्र शाहले समीक्षाबाट गएको वर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने अपेक्षा गरे।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।