२६ साउन ०७९, भक्तपुर । चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा परेको अबिरल वर्षाका कारण मनहरा खोलामा आएको बाढीले विभिन्न धनमाल क्षति भएको छ । भने मनहरा खोला निलोपुल नजिक बंगुर फर्मको ४ वटा बंगुर बगाएको छ ।
प्रहरीका अनुसार बाढीबाट चाँगुनारायण नगरपालिका १ दुवाकोट वेसी, मनहरा खोला किनाराका २० वटा घर टहरामा पानी पसेको र उक्त स्थानबाट ४ जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ । साथै चाँगुनारायण नगरपालिका ४ मनहरा खोला निलोपुल नजिक बंगुर फर्मको ४ वटा बंगुर बगाएको, मध्यपुर ठिमी नगरपालिका २ मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसेको, सोही नगरपालिका १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीका ६० वटा घर टहरामा पानी पसेको, सोही नगरपालिका २ सानोठिमी मनहरा खोला किनारामा बसोबास गर्दै आएका ७० वर्षीय पेमा तामाङको टहराभित्र पानी पसी विभिन्न धनमाल क्षति भएको छ ।
उक्त स्थानहरुमा तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा आवश्यक उद्धार कार्य गरिरहेका जानकारी दिएकोे छ ।
२६ श्रावण २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया