१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नक्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार



८ भदौ ०७९,काठमाडौं ।  शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका एक कैदी फरार भएका छन्। बुधबार दिउँसो ४ देखि सवा ४ को बीचमा रामेछापका भोला बुढाथोकी फरार भएका हुन्। नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको पुष्टि गरे। बुढाथोकीको एउटा हातमा मात्रै हतकडी लगाइएको थियो।

उपचारका लागि भित्र पठाउँदा एउटा हातको हतकडी खोलिएको थियो। त्यही मौकामा उनी फरार भएको लामिछानेले बताए। कैदी बुढाथोकीलाई आँखा जाँचका लागि अस्पताल लगिएको थियो। पहिल्यै झुसिलकिरो बिझेको भन्दै उनी नियमित चेकजाँचका लागि जाने गरेका थिए।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।