५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन



१० भदौं ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।
अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।
महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  २ : २२ बजे