१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ८० वर्षे ससुराको मृत्यु



प्रतिकात्मक तस्बिर

१३ भदौ ०७९, सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ।
हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामाको उनकै बुहारी वर्ष २३ की रीता तामाङको कटाइबाट मृत्यु भएको हो।
आइतबार अन्दाजी ४ बजेको समयमा घरायसी विषयमा वादविवाद हुँदा रीताले काठको चिर्पटले ससुरा कामीढिण्डुलाई
टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भीर घाइते बनाएकी थिइन्।
उनको उपचारको क्रममा सोमबार विहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।