४ माघ २०८२, शनिबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धको चिया पसलमा ग्यास बिस्फोट : घाइतेका लागि नौ लाख सहयोग



fire gas
फाइल तस्बिर

१४ भदौं ०७९, सिन्धुपाल्चोक । केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने खाना पकाउने ग्यास सिलिन्डर बिस्फोटपछि घाइते भएका नौ जना विरामीको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा नै पुगेर जनही एक लाखको दरले नौ लाख सहयोग हस्तान्तरण गरेको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए ।
पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।