१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सीडीओ काठमाडौं सरुवा



२२ भदौं ०७९, ललितपुर । गृह मन्त्रालयले ललितपुरसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मंगलबार अपरान्ह काठमाडौं र ललितपुरसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

निर्वाचनका कारण कर्मचारी सरुवा गर्न नपाइने भएपछि गृहले ९ जिल्लामा भने काजमा सरुवा गरेको हो। यसअघि नै निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुख र सीडीओ सरुवा गर्नुपर्ने भए समयमै सरुवा गर्न भनेको थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकार घनश्याम उपाध्यायलाई काठमाडौं सरुवा गरिएको छ।

ललितपुरमा जयनारायण आचार्य र कास्कीमा टेकबहादुर केसी सरुवा भएका छन्।

जुम्लामा मुकेश केसरी, दैलेख गगनबहादुर हमाल, पाँचथर गणेश गैरे, संखुवासभा वीरेन्द्र यादव, उदयपुर जनार्दन गौतम र सप्तरीको सीडीओमा नरहरि खतिवडालाई सरुवा गरिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १ : १८ बजे