१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बनस्थली र हलचोकमा २ जना मृत अवस्थामा फेला




२४ भदौं ०७९, काठमाडौं । काठमाडौंको बनस्थली र हलचोकमा एक एक जना मानिसहरु मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महानगरपालिका १६ बनस्थलीस्थित गार्मेन्टमा काम गरी बस्ने महोत्तरी सम्सी गाउँपालिका ३ घर भएका ५० वर्षीय फर्मुद अन्सारी सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौं नागार्जुन नगरपालिका ३ हलचोकस्थित हाल नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।