१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँयो, एक जनाको मृत्यु



फाइल फोटो

२४ भदौं ०७९, काठमाडौं । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुरको बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १ बजे डंगोलले चलाएको प्रदेश ३ ०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।