१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस



गोदावरी नगरपालिकाद्वारा नगरपालिका भित्रका विद्यालयहरुमध्ये प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका विद्यार्थी सन्देशा गुरुङलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिदै।

२४ भदौं ०७९, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको छ ।
नगरपालिकाभित्रका उत्कृष्ट विद्यालय तथा एसइई २०७८ मा उच्च जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्न आयोजित सम्मान कार्यक्रममा लालीगुराँस माविकी छात्रा सन्देसा गुरुङले उच्च जिपिए चार प्राप्त गरी प्रथम भई नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गर्नुभएको प्राध्यापक विनोद देवकोटाले जानकारी दिएका छन् ।
विद्यालयले कोभिड महामारीको समयमा समेत अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रधान गर्दै आएको हो । विगतमा समेत जिल्ला उत्कृष्ट विद्यालयभित्र पर्न सफल यस विद्यालयले विद्यार्थी केन्द्रित अन्तक्र्रियात्मक प्रणाली अपनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न सहज हुने गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।