१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुङमतीका हरेक घरमा एक कोठा होमस्टेका लागि छुट्याउन मन्त्री भुसालको आग्रह



२४ भदौं ०७९, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर बुङमतीका हरेक घरमा एक कोठा घरबास (होम स्टे)का लागि छुट्याउन आग्रह गरेकी छन्।

ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभा आज उद्घाटन गर्दै मन्त्री भुसालले सो आग्रह गरेकी हुन्।  कला, संस्कृतिको संरक्षण गर्ने र बुङमतीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उनले भनिन्, ‘बुङमतीका हरेक घरमा एक कोठा घरबासका लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ।’ आफूले बुङमतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन्।

नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीब्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामी दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।