१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठ मन्दिरपरिसरमा करेन्ट लागेर एक पुरुषको मृत्यु




२८ भदौ ०७९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका ३ मन्दिर परिसरमा गाई पालेको रूपमा काम गरी बस्दै आएका ईलाम घर भएका ४५ वर्षीय नारायण नाथ चापागाईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोठमा गाई दुएर बाल्टीमा राख्ने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर बेहोस भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।