१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा झन्-झन् बढ्यो डेंगु, सतर्क रहनुस्



ललितपुर खबर
२९ भदौं ०७९, काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् ।
महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै, काठमाडौंमा दुई हजार ५७९, मकवानपुरमा एक हजार ११२ तथा रुपन्देहीमा ५९४ जनामा संक्रमण देखिएको छ । भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा नौ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् । डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पात लगायतका घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ५० बजे