१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ट्राफिक नियन्त्रण १४५ औं समूहको तालिम सञ्चालन




३० भदौ ०७९, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४२ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।