१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सातदोबाटोबाट दिउँसै चोरी




३१ भदौं ०७९, ललितपुर । ललितपुरको सातदोबाटोबाट दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ सातदोबाटोस्थित बोधिग्राम भैंसीबजारस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका ७ घर भएका ४१ वर्षीय मनोहरी बरालको कोठाबाट
चोरी भएको हो । उनको कोठाबाट नगद २० हजार रूपैयाँ र २० तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
अपरिचित व्यक्तिले ढोकाको ताल्चा फोडेर उक्त धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले घटनास्थलको अनुसन्धानसँगै चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ३० बजे