१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पुरानो गुहेश्वरीको एक घरमा चोरी




१ असोज ०७९, काठमाडौं । काठमाडौंको पुरानो गुहेश्वरी नयाँ गणेशस्थानको एक घरमा चोरी भएको छ ।
प्र्रहरीका अनुसार तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी नयाँ गणेशस्थान बस्ने ३२ वर्षीय राजेश कार्कीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख २२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
घरको दोस्रो तलामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले घरको झ्याल र कोठाको दराजको ताला फोडेर उक्त धनमाल चोरी गरी लगेको थियो ।
चोरीको सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३० बजे