१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालमा डेंगुको उपचार गराइरहेका बिरामीका लागि ललितपुर महानगरको झुल



२ असोज ०७९, ललितपुर । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ ।

महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए ।

समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगु संक्रमितलाई झुल दिएको बताए । ललितपुर महानगरका प्रवक्ता समेत रहेका महर्जनले अस्पताललाई थप सहयोग गर्न प्रक्रिया पनि थालेको जानकारी दिए । उनले पाटन अस्पतालमा ७७ वटै जिल्लाबाट उपचार गर्न आउने भएकाले यो अस्पताल सहयोगका लागि प्राथमिकतामा परेको बताए ।

अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगुको प्रकोप फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको बताए ।

पाटन अस्पतालका अनुसार केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको छन् । तीमध्ये धेरै उपचार गरेर फर्किने गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ३३ बजे