१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक लामाटोलको घरघरमा २४ सै घन्टा निःशुल्क खानेपानी



३ असोज ०७९, भक्तपुरभक्तपुरको लामाटोलमा २४ सै घन्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका ९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँंगासम्म पुग्न डेढ घन्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन ।

नगरपालिका भए पनि पहाडको टुप्पो जंगलको घेरमा रहेको यो ठाउँं कुनै गाउँं विकास समिति भन्दा कम छैन ।</span>सबै कुराले विपन्न भए पनि यो ठाउँं यतिखेर खानेपानीले भने सम्पन्न भएको हो । यहाँंका १८ वटा घरमा घरघरमा २४ सै घन्टा खानेपानी आउँंछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि यो सर्वसुलभ सुविधा पुगेको हो । स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जंगलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ । आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पु¥याएर डकर्मीको सहयोगले उनीहरूले ट्यांकी बनाए । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुयाउन पहाडको जंगलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याए पनि ।

स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरूको ठाउँं स्वर्ग भएको बताउँंछिन् । ‘जंगलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भनिन्, ‘तर अहिले पानीको लागि हाम्रो ठाउँं स्वर्ग भएको छ ।’
दैनिक दुई तीन घन्टा लगाएर भक्तपुरको ख्वप कलेज पढन आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँं स्थानीयबीच झगडा हुने गरेको सम्झिन् ।लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँंबाट यो काम भएको बताए । यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेको उनले बताए । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ३७ बजे