१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लुभुमा दिउँसै चोर पस्यो, सुनका गरगहना चोरी




४ असोज ०७९, ललितपुर । ललितपुरको लामाटारको एक घरमा दिउँसै चोर पसेर सुनका गरगहना चोरी गरेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ८ लुभु नजिकै बिष्णु टोल बस्ने उमा खड्काको घरबाट विभिन्न सुनका गरगहना र नगद ५ हजार गरी करिब ६ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा दिउँसै अपरिचित व्यक्तिहरुले ढोकाको ताल्चा फोडी चोरी गरेका थिए । चोरीको सूचनापछि प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार चोरीमा संलग्न हाल फरार व्यक्तिहरु खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०८ बजे