१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपनमा आगलागी, तीनै जनाको सनाखत



६ असोज ०७९, काठमाडौं ।  कपनमा आगलागीबाट मृत्यु भएका तीन जनाकै सनाखत भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।
कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ५९ बजे