१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत



११ असोज ०७९, भक्तपुर ।  भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार पक्राउ गरेको छ । थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : २८ बजे