१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लुभुको चसी टोलमा प्रहरी भन्दै घरभित्र पसेर लुटपाट



१३ असोज ०७९, ललितपुर । ललितपुरमा लुटपाट भएको छ । महालक्ष्मी नगरपालिका ८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो। आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ ।

लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै यस्ता आपराधिक घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।