११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आम निर्वाचन २०७९ः काठमाडौं ७ मा मानुषीको टक्कर किरण केसीसँग



२६ असोज ०७९, काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनको चुनावी सरगर्मी बढेको छ  । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानपछि चुनावी सरगर्मी बढेको हो  । अहिलेको चुनाव विभिन्न कारणले रोचक बनेको छ । अप्रत्यासित रुपमा कतिपयको उम्मेद्वारी खारेज भएको छ भने कतिले फिर्ता लिएका छन् । कतिपय ठाउँमा पार्टीका बलिया उम्मेदवारहरुले कमजोर स्वतन्त्रलाइ समर्थन गरेका छन् ।

त्यस्तै काठमाडौं  ७ मा पनि चुनावी प्रतिष्पर्धा रोचक बनेको छ । यहाँ एमबिए इन्जिनियर किरण केसी र अस्मिता सिंह यमी भट्टराईबीच मुख्य प्रतिष्पर्धा हुनेछ । किरण केसी स्वतन्त्र हुन भने मानुषी यमी गठबन्धनको समर्थनसहित माओवादीबाट उठेकी हुन् । किरण केसीले २ महिना अघि देखि नै काठमाडौं ७ मा चुनावी अभियान थालेका थिए । काठमाडौं ७ मा तारकेश्वर नपा , नागार्जुन नपा र काठमाडौं मनपाका केहि वडा पर्छन् । कुल १० वडा यस क्षेत्रमा रहेका छन् । किरण केसी बसन्तनगर माछापोखरीका स्थानीय बासिन्दा हुन् ।

संसदीय राजनीतिमा दुबैको पहिलो चुनाव हो । अस्मिता सिंह मानुषीको उमेर ३६ छ भने किरण केसीको उमेर २८ छ । यस क्षेत्रमा डमी उम्मेद्वारहरु धेरै छन् । यहाँ सरकारी गठबन्धन बाहेक सबै दल एक्लै एक्लै लड्दै छन् । किरण केसी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : २६ बजे