१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रिसिइबी साँध्न क्लब प्लाटिनमका दुई बाउन्सरको हत्या प्रयास



२७ असोज ०७९, काठमाडौं ।  काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो।
घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्। उनीहरूको टाउको, गोडा लगायत विभिन्न शरीरमा चोट लागेको थियो। अहिले उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
एसएसपी भरत बोहराका अनुसार उनीहरूको स्वास्थ्यमा सुधार आएको छ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, बिनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन्।

यस्तै, प्रहरीले मोटरसाइकल भाडामा दिने व्यक्तिलाई पनि पक्राउ गरेको छ। चाबहिल बस्ने २६ वर्षीय करण डंगोल पनि पक्राउ परेका छन्।

उनलाई यस घटनाबारे जानकारी भएरनभएकोबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।