११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्वतन्त्र उम्मेदवार केसी र यामीबीच तिब्र प्रतिश्पर्धा



२७ असोज ०७९, काठमाडौं ।  आगामी मंसिरमा हुने आम निर्वाचनको यतिबेला सरगर्मी बढेको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानपछि चुनावी गर्मी बढेको हो  । अहिलेको चुनाव विभिन्न कारणले रोचक बनेको छ । अप्रत्यासित रुपमा कतिपयको उम्मेद्वारी खारेज भएको छ भने कतिले फिर्ता लिएका छन् । कतिपय ठाउँमा पार्टीका बलिया उम्मेदवारहरुले कमजोर स्वतन्त्रलाइ समर्थन गरेका छन् ।
त्यस्तै काठमाडांै ७ मा पनि चुनावी प्रतिष्पर्धा रोचक बनेको छ । यहाँ एमबिए इन्जिनियर किरण केसी र अस्मिता सिंह यमी भट्टराइबीच मुख्य प्रतिष्पर्धा हुनेछ । किरण केसी स्वतन्त्र हुन भने मानुषी यमी गठबन्धनको समर्थन सहित माओबादी बाट उठेकी हुन् । किरण केसीले २ महिना अघि देखि नै काठमाडौं ७ मा चुनावी अभियान थालेका थिए । काठमाडौं ७ मा तारकेश्वर नपा, नागार्जुन नपा र काठमाडौं मनपाका केहि वडा पर्छन् । कुल १० वडा यस क्षेत्रमा रहेका छन् । किरण केसी बसन्तनगर माछापोखरीका स्थानीय बासिन्दा हुन् । संसदीय राजनीतिमा दुबैको पहिलो चुनाव हो । अस्मिता सिंह मानुषीको उमेर ३६ छ भने किरण केसीको उमेर २८ छ । यस क्षेत्रमा डमी उम्मेद्वारहरु धेरै छन् । यहाँ सरकारी गठबन्धन बाहेक सबै दल एक्लै एक्लै लड्दै छन् । किरण केसी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

को हुन किरण केसी ?
 किरण केसी एक समाजसेवी तथा अभियन्ता बुबा ध्रुब बहादुर केसी र पुर्व शिक्षिका तारा केसीका सुपुत्र हुनुहुन्छ ।
 आफुलाई चिन्न घर छाड्नु पर्छ तर घर कहिल्यै बिर्सनु हुन्न भने झैँ भारतको बेंगलोर सहरमा मेकानिकल इन्जिनियरिंग शिक्षा हासिल गरि अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयमा उच्च शिक्षा (MBA ) पढेर देश बनाउने अठोटका साथ नेपाल फर्कनु भएको छ ।
 संस्कृतिको धनि सहर काठमान्डुमा जन्मिए कम उमेरमै देशका ३० भन्दा धेरै जिल्लामा विभिन्न कामको सिलसिलामा घुमिसक्नु भएकोले नेपाली संस्कृति , नेपालीपन प्रति गहिरो आस्था र माया रहेको छ ।
 साढे बाइस वर्षमै इन्जिनियरिंग पढाइ सकेर नेपालमै पहिलो पटक स्वचालित मोटरसाइकल धुने मेसिनको परिचय गराई , व्यावसायिक सफलता हासिल गरि सक्नु भएको छ ।
 शिक्षित र सक्षम इन्जिनियर तथा व्यवसायी जसलाई विदेश मोह भन्दा स्वदेश प्रेम ठुलो लाग्छ तसर्थ किरण केसी व्यक्ति होइनन विचार हुन ।
 विदेसीएका लाखौं नेपालीका प्रतिनिधि बनि नेपाल जाऔं देश बनाऔं भन्ने सोचका साथ नेपाल फर्कनु भएको ।
 देशमै भिन्न भिन्न किसिमका व्यवसाय स्थापना गरि अस्ट्रेलियाको ३ ठुला मुख्य प्रान्तमा आफ्नो छुट्टै व्यवसाय सफलता पुर्वक स्थापना तथा संचालन गरिसकेको हुनुहुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०९ बजे