११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छोरी जन्मेपछि थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट हाम फाले एक पुरुष



२८असोज ०७९, काठमाडौं । काठमाडौं थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हाम फालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हाम फालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ३३ बजे