११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल



फाइल फोटो

२८असोज ०७९, काठमाडौं ।  संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल रहेको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : २९ बजे