११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं एकैदिन पाँच जना मृत फेला




२८ असोज ०७९, काठमाडौं । काठमाडौं एकैदिन पाँच जना मृत फेला परेका छन् । प्रहरीले जारी परेको बुलेटिन अनुसार काठमाडौंको भिनसेन गोला,ललितपुरको ग्वार्को र कुपण्डोल वागमती खोला र नैकापमा छुट्टाछुट्टै व्यक्तिहरु मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको काठमाडौं महनगरपालिका ३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय सुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
साथै ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी ललितपुर महानगरपालिका १० कुपण्डोलस्थित बागमती खोलाको बिचमा हालसम्म नाम, थर नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ नैकाप आदर्श टोलस्थित निर्माणाधिन घरमा मिस्त्री काम गर्ने ३८ वर्षीय राजु श्रेष्ठ सोही ठाउँस्थित शौचालयभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन शिवमन्दिर नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४२ बजे