११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्न ६ सय १० सवारीसाधन कारवाहीमा




२९ असोज ०७९, काठमाडौं । सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई कारवाही गरिएको छ । यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।
आज गरिएको विशेष जाँच अभियानमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ३५ बजे